
काभ्रे जिल्लामा प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना भइरहेको छ। मतगणना अनुसार सत्तागठबन्धन अघिअघि र नेकपा एमाले गठबन्धनका उम्मेदवार पछिपछि देखिएका छन्।
प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका उम्मेदवार सूर्यमान दोङ (लालध्वज) एमालेका उम्मेदवारभन्दा अगाडि छन्। लालध्वजले एक हजार ५ सय २८ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार रेशम लामाले एक हजार एक सय ३५ प्राप्त गरेको छ।
लालध्वज र रेशमको मतान्तर ३ सय ९३ छ। त्यसरी नै प्रदेश सभा १ (क) मा गठबन्धनका उम्मेदवार रत्न ढकालले ६ सय ४६ प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार दिलिप लामाले ६ सय ४ मत प्राप्त गरेका छन्।
प्रदेश सभा १ (ख) मा गठबन्धनका उम्मेदवार तिर्थ लामाले एक हजार २ हजार २ सय ४७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार चन्द्र लामाले एक हजार ३ सय ९ प्राप्त गरेका छन्। तिर्थ लामा ९ सय ३८ मतले अगाडि छन्।
प्रतिनिधिसभा २ मा पनि गठबन्धन अगाडि छ। गठबन्धनका उम्मेदवार शिव प्रसाद हुमागाई ९ सय ८५ मतले नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बास्कोटा पछि परेका छन्।
हुमागाईले ६ हजार ३ सय १२ मत प्राप्त गरेका छन् भने बास्कोटाले ५ हजार ३ सय २७ मत प्राप्त गरेका छन्। प्रदेश सभाको मत गणना भर्खर सुरु भएको छ।