१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ३ शनिबार
  • Saturday, 28 September, 2024
कमलराज भट्ट काठमाडाैं
२o७९ मङ्सिर ३ शनिबार o९:५१:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

चुनावमा डिजिटल खर्च  : दुई महिनामा बाहिरियो एक करोडभन्दा बढी

Read Time : > 3 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर ३ शनिबार o९:५१:oo

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सहभागी उम्मेदवारले दुई महिनामा सामाजिक सञ्जाल फेसबुकमार्फत डिजिटल प्रचारमा एक करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन् । सामाजिक सञ्जालका विभिन्न प्लेटमफर्मबाट दल तथा उम्मेदवारले फेसबुकबाट मात्रै विज्ञापन प्रवर्द्धनमा दुई महिनामा एक करोड चार लाख ४६ हजार चार सय रुपैयाँ खर्च गरेका हुन् । 

फेसबुकको मेटा कम्पनीले २२ भदौदेखि नेपालमा लागू गरेको ‘एड ट्रान्सपरेन्सी टुल’को एड लाइब्रेरी रिपोर्टअनुसार मौन अवधि प्रारम्भ हुनुअघि १ मंसिरसम्म निर्वाचनसम्बन्धी विज्ञापनमा ८० हजार २१६ डलर खर्च भएको छ । यसमा दल तथा उम्मेदवारबाट मात्रै ९७ लाख ४३ हजार तीन सय ५७ रुपैयाँ (७४ हजार ६१६ अमेरिकन डलर) खर्च भएको छ । 

यो रकममध्ये सयभन्दा बढी डलर खर्च गर्ने एक सय ८० दल तथा उम्मेदवार छन् । उनीहरूबाट ५९ हजार ५३६ डलर खर्च भएको छ । सय डलरभन्दा कम खर्च गर्नेमा ६ सय १४ व्यक्ति तथा संस्था छन् । उनीहरूले २३ हजार ६८० डलर विज्ञापनमा खर्चिएका छन् । फेसबुकमा २२ भदौबाट संकलन गर्न थालिएको खर्चको तथ्यांकअनुसार दुई महिनामा सात सय ९४ व्यक्ति तथा संस्थाले चार हजार ९८८ वटा निर्वाचनसँग सम्बन्धित विज्ञापन प्रवर्द्धन गरेका छन् । जसमा कुल ८३ हजार २१६ डलर खर्च भएको छ ।

आयोगले प्रत्यतर्फ प्रतिनिधिसभामा उम्मेदवारको खर्च सीमा २५ देखि ३३ लाख र प्रदेश सभामा १५ देखि २३ लाख रुपैयाँसम्म तोकेको छ । त्यसैगरी, दलले समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेश सभा गरी अधिकतम पाँच करोड ५० लाख रुपैयाँ खर्च पाउने गरी सीमा तोकिएको छ । 

फेसबुकमा विज्ञापन प्रवर्द्धन गर्नेमा शीर्ष स्थानमा काठमाडौं ५ का स्वतन्त्र उम्मेदवार श्री गुरुङ रहेका छन् । ६ कात्तिकबाट बुस्ट सुरु गरेका गुरुङले २५ दिनमा २२ वटा विज्ञापनमा तीन हजार आठ सय ८० डलर खर्चिएका छन् । छोटो समयमा धेरै डलर खर्चिएर गुरुङले रेकर्ड कायम गरेका छन् ।

काठमाडौं ५ का उम्मेदवार इन्जिनियर सुशान्त श्रेष्ठले सर्वाधिक दोस्रोमा रहँदै ७३ विज्ञापन प्रवर्द्धनमा दुई हजार पाँच सय ५६ डलरमा खर्चिएका छन् । नेपालका लागि नेपाली पार्टीका भोजपुर प्रतिनिधिसभा उम्मेदवार डा. सुरेश बस्नेतले १३ विज्ञापनमा दुई हजार तीन सय सात डलर खर्चिएका छन् । काठमाडौं १ का एमाले उम्मेदवार किरण पौडेलले ६४ विज्ञापनमा दुई हजार ३५ डलर खर्चिएका छन् । 

बाँके २ का उम्मेदवार इस्तियाक राईको नाममा एक सय २९ विज्ञापन प्रवर्द्धनमा एक हजार चार सय ७९ डलर खर्च भएको छ । कांग्रेस काठमाडौं ५ का उम्मेदवार प्रदीप पौडेलले २३ विज्ञापन प्रवर्द्धनमा एक हजार दुई सय ६६ डलर खर्चिएका छन् । काठमाडौं ५ को प्रदेश सभा (२)का स्वतन्त्र उम्मेदवार जगन्नाथ लामिछानेले १४ विज्ञापनमा एक हजार दुई सय तीन डलर बुझाएका छन् । ह्वाई नेपाली कांग्रेस पेजबाट २७ विज्ञापनमा एक हजार एक सय ६६ डलर तिरिएको छ । 

पाल्पा २ का एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेयले ११ विज्ञापनमा एक हजार एक सय सात डलर खर्चिएका छन् । काठमाडौं १ का राप्रपा उम्मेदवार रवीन्द्र मिश्रले ४३ विज्ञापन प्रवर्द्धनमा एक हजार ८७ डलर तिरेका छन् । सप्तरी २ का जसपा उम्मेदवार उपेन्द्र यादवले २३ विज्ञापनमा एक हजार २९ डलर बुझाएका छन् । मोरङ ४ को प्रदेश सभा (२) का एमाले उम्मेदवार जीवन घिमिरेले ३४ विज्ञापनमा नौ सय ८८ डलर खर्चिएका छन् । एकीकृत समाजवादी नामको पेजबाट १५ विज्ञापनमा नौ सय ७४ डलर खर्चिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं ७ का उम्मेदवार गणेश पराजुलीले ३१ विज्ञापनमा नौ सय २८ डलर खर्च गरेका छन् । काठमाडौं ७ मा जसपा उम्मेदवार राजेन्द्र श्रेष्ठले ३१ विज्ञापनमा नौ सय १४ डलर खर्चिएका छन् ।

काठमाडौं ५ की स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले ५१ विज्ञापनमा आठ सय ४२ डलर खर्च गरेकी छिन् । राप्रपा काठमाडौं २ की उम्मेदवार कुन्तीदेवी पोखरेलले ४५ विज्ञापनमा आठ सय ३४ डलर खर्चिएकी छिन् । काठमाडौं ४ का स्वतन्त्र उम्मेदवार सिभेन्द्र केसीले ३३ विज्ञापनमा आठ सय एक डलर खर्चिएका छन् ।

काठमाडौं २ का उम्मेदवार अनुप बोहराले २९ विज्ञापनमा सात सय १८, काठमाडौं ६ का उम्मेदवार शिशिर खनालले १५ विज्ञापनमा ६ सय १२, नेपाली कांग्रेस पेजबाट २३ विज्ञापनमा ६ सय १२, चितवन २ का कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ४५ विज्ञापनमा पाँच सय ९६, काठमाडौं ५ का उम्मेदवार शैलेन्द्र बस्नेतले ४८ विज्ञापनमा पाँच सय ९४, ललितपुर ३ की उम्मेदवार पम्फा भुसालले ३८ विज्ञापनमा पाँच सय ८१ डलर, काठमाडौं ६ (क) उम्मेदवार रवीन्द्र श्रेष्ठले २१ विज्ञापनमा पाँच सय ७६, कपिलवस्तु १ का राप्रपा उम्मेदवार ध्रुवबहादुर रायमाझीले ३९ विज्ञापनमा पाँच सय ४२ डलर, झापा ३ का स्वतन्त्र उम्मेदवार योगेन्द्र खनालले ९ विज्ञापनमा पाँच सय २१ डलर, पर्सा ३ का एमाले उम्मेदवार राजकुमार गुप्ताले ५० विज्ञापनमा पाँच सय ९ डलर खर्चिएका छन् । 

पाँच सय तल खर्च गर्नेमा रमेश खरेल, कल्पना धमला, सुरजचन्द्र लामिछाने, राममणि न्यौपाने, सुनीलकुमार शर्मा, प्रकाशमान सिंह, अनिकुमार झा, महेश बर्ताैला, देवराज घिमिरे, विजय के मानन्धर, अर्चनशमशेर राना, रकम चेम्जोङ, विष्णु पौडेल, जगदीशप्रसाद कुसियत, ध्रुव केसी, शिवप्रसाद हुमागाईं, किरनमान डंगोल, रेखा शर्मा छन् । 

यस्तै, मानुषी यमी भट्टराई, जीवनराम श्रेष्ठ, गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप ज्ञवाली, अग्नि खरेल, शेरधन राई, शेखर कोइराला, प्रकाशशरण महत, प्रचण्ड, घनश्याम भुसाल, पूर्णबहादुर खड्का, शशांक कोइराला, प्रकाशचन्द्र लोहनी, ईश्वर पोखरेल, ओनसरी घर्ती, प्रदीप यादव, मेटमणि चौधरीलगायतले पनि पाँच सयभन्दा तल खर्च गरेका छन् ।