१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १ बिहीबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १ बिहीबार o८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनसेलले ल्यायो चुनावलक्षित डेटा र भ्वाइस प्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १ बिहीबार o८:o४:oo

एनसेल आजियाटाले चुनावलक्षित डेटा र भ्वाइस प्याक ल्याएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अपडेटेड रहन विभिन्न डेटा र भ्वाइस प्याक ल्याएको कम्पनीले जनाएको छ । आफूले प्रदान गरेको प्याकले ग्राहकहरूलाई सञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने र यसले सेवा सहज र सुलभ हुने जनाएको छ ।

ग्राहकले आवश्यकताअनुसार दैनिक, साप्ताहिक वा मासिक प्याक छनोट गर्न सक्नेछन् । यसअन्तर्गत करसहित ४८ रुपैयाँमा २४ घन्टा अनलिमिटेड डेटा र नेपालका सबै नेटवर्कमा ४० एसएमएस प्याक लिन सक्नेछन् । यसका लागि ग्राहकले सजिलै एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २५ ह्यास डायल गर्नुपर्ने बताइएको छ । 

यस्तै, डेटा सेवामा, ग्राहकले डबल मजा प्याकअन्तर्गत सात दिनको समयसीमा रहेको पाँच जिबी डेटा र एक जिबी नाइट डेटा प्रयोग गर्न सक्छन् । साथै, सोही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोलुम प्राप्त गर्ने एनसेलले जनाएको छ । त्यस्तै, २९ रुपैयाँमा एकदिने एक जिबी अल टाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक पनि पाइने बताइएको छ । 

त्यस्तै गरी, भ्वाइस सेवाअन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभदरमा कल गर्न सक्नेछन् । ग्राहकले यो प्याकमा रहेको ५०० मिनेट अल नेट कल २६५ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । एनसेल एप र वेभसाइटमार्फत पनि यो प्याक खरिद गर्न सकिन्छ । 

अन नेट कलका लागि पनि ग्राहकलाई इन्डलेस कुराकानी प्याकको विकल्प रहेको कम्पनीको भनाइ छ । उक्त प्याकमा रहेको कुल ८७५ मिनेट अन नेट टक टाइम (हरेकदिन १२५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म) ९५ रुपैयाँमा पाउने बताइएको छ ।  

ad
ad
ad
ad