मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २९ मंगलबार
  • Thursday, 19 December, 2024
गणेश लम्साल विराटनगर
२o७९ कार्तिक २९ मंगलबार १३:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१ मंसिरबाट मोरङमा सीमानाका सिल, पाँच दिन मदिरा प्रतिबन्ध

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ कार्तिक २९ मंगलबार १३:३५:oo

मंसिर ४ गते हुने आमनिर्वाचनको सुरक्षाका लागि मोरङमा १ मंसिर बिहानदेखि ४ गते रातिसम्म सीमानाका सिल हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, मोरङले आमनिर्वाचनको सुरक्षाका लागि भारतसँग जोडिएका मोरङको खुला सीमा क्षेत्र सिल गर्ने निर्देशन जारी गरेको हो ।

सीमानाका सिल भएको समयमा अत्यावश्यक कार्यका लागि अनुमति लिएर मात्र आवतजावत गर्न पाइने, तर निर्देशन अवज्ञा गर्नेहरूलाई कानुनअनुसार कारबाही हुने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

सीमानाका सिल गर्नुअघि मोरङ प्रशासनले भारत बिहार राज्यको अररिया र किसनगन्ज जिल्लाका मजिस्ट्रेडहरूसँग सुरक्षा अवस्थाबारे छलफल गरेको थियो । यसैगरी निर्वाचनको सुरक्षाका लागि मोरङमा १ मंसिर राति १२ बजेदेखि ५ मंसिर राति १२ बजेसम्म मदिरा बेचबिखन गर्न निषेध गरिएको छ ।