मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ९ आइतबार o९:२५:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

अस्ट्रियन कलाकारले काठमाडौंमा प्रस्तुत गरे प्यान्टोमाइम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार o९:२५:oo

अस्ट्रियन कलाकारद्वय मारिआना डे मेओ र रोमन मारिया मुल्लरले प्यान्टोमाइम प्रस्तुति दिएका छन् ।

पाटन म्युजियममा आयोजना गरिएको कार्यक्रममा कला र संस्कृतिका माध्यमबाट नेपाल–अस्ट्रियाबिचको आपसी समझदारीलाई अझ बलियो बनाउने उद्देश्यले नयाँदिल्लीस्थित अस्ट्रियन राजदूतावासले उक्त कार्यक्रम आयोजना गरेको हो ।

यो सांस्कृतिक पहलले नेपाल र मित्रराष्ट्र अस्ट्रियाबिचको बलियो सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । ‘कूटनीति राजनीतिक र आर्थिक सम्बन्ध मात्र होइन; सांस्कृतिक आदान–प्रदान, समझदारी निर्माण र मुलुकहरूबिचको मित्रताको सबलीकरणबाट पनि यो फस्टाउँछ,’ नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठले भने । 

मनकामना केबुलकारको प्रायोजन तथा नेपालका लागि अस्ट्रियाको अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठको सहयोगमा कार्यक्रम आयोजन भएको हो ।