मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ८ शनिबार
  • Saturday, 23 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर ८ शनिबार o७:१६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री र रक्षामन्त्रीसँग भारतीय सेनाध्यक्षको भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर ८ शनिबार o७:१६:oo

नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् । दुई देश र सेनाबिचको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

भेटवार्तामा द्विवेदीसँग भारतीय राजदूत नवीन श्रीवास्तव, भारतीय रक्षा सहचारी तथा प्रतिनिधिमण्डलका सदस्य सहभागी थिए । भेटहरूमा जनरल द्विवेदीले आफूले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गर्न पाउनु सौभाग्यको कुरा भएको बताएको भारतीय राजदूतावासले जनाएको छ । ‘उहाँले दुवै देश तथा सेनाबिचको उत्कृष्ट द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने विषयमा पनि छलफल गर्नुभयो,’ भारतीय दूतावासले भेटबारे जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भेटमा दुई देशबिच ‘व्यापक सैन्य तथा द्विपक्षीय सम्बन्ध’का बारेमा विचार आदानप्रदान भएको पनि विज्ञप्तिमा उल्लेख छ । रक्षामन्त्री राईसँगको भेटमा सेनाध्यक्ष द्विवेदीले सबै मिलेर दुई देशबिचको रक्षा सम्बन्धलाई थप सुदृढ गर्दै नयाँ उचाइमा पु¥याउनुपर्ने कुरामा जोड दिएका छन् ।

भेटवार्ताअघि भारतीय सेनाध्यक्ष द्विवेदीले शिवपुरीस्थित नेपाली आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा शिक्षार्थीसँग अन्तत्र्रिmया गरेका छन् । उनी तथा भारतीय सैनिक प्रतिनिधिमण्डलका टोलीले शुक्रबार बिहान माउन्टेन फ्लाइटमार्फत सगरमाथालगायत हिमालको अवलोकन गरेका थिए ।

जनरल द्विवेदी नेतृत्वको प्रतिनिधिमण्डल शनिबार मुक्तिनाथ मन्दिर दर्शन गर्न जोमसोम जाने र पोखरा फर्केर पश्चिम पृतना हेडक्वार्टर भ्रमण र अवकाशप्राप्त भारतीय गोर्खा सैनिक एवं परिवारलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी शनिबार साँझ काठमाडौं आएर आइतबार दिल्ली फर्किने कार्यक्रम रहेको सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए ।