मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ८ शनिबार
  • Saturday, 23 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ८ शनिबार o७:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युएईमा सदभावले जिते उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ८ शनिबार o७:४५:oo

नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले युएईमा २८औँ फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनलअन्तर्गत यू–२१ विधामा उपाधि जितेका छन् । नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो अवसर हो । समग्रमा सदभाव ओभरअलतर्फ दोस्रो भएका छन् । युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एन्ड गल्फ क्लबमा भएको प्रतियोगितामा उनले एक अन्डर ६९ स्कोर गरी यू–२१ तर्फ उपाधि जितेका हुन् । समग्रमा उनले  पाँच अन्डर २०५ गरेका थिए ।

सदभावले उपाधि जित्दा डेनमार्कका भिक्टोर कोफोड उसलेन दुई स्ट्रोकले पछि परेका छन् । १८ होल सुरु हुँदा सदभाव दुई स्ट्रोकले पछि थिए । सदभावले फ्रन्ट नाइनमा इभन पार गर्दै ३५ स्कोर गरे । उनले ब्याक नाइनमा एक अन्डर ३४ स्कोर गरेका थिए । उनले पहिलो दिन इभन–पार ७० र दोस्रो दिन चार अन्डर ६६ स्कोर गरे । दोस्रो स्थानमा रहेको डेनमार्कका भिक्टोरले दुई सय सात स्कोर गरे ।

प्रतियोगितामा नेपालबाट प्रतिनिधि गरेका जयवीर आचार्य यू–१६ पुरुषमा ११औँ स्थानमा रहे । महिला यू–१६ मा आइसटिना टन्डन नवौँ स्थानमा रहेकी छिन् । युएईमा युरोप, मिडल इस्ट र एसियाबाट ७० जुनियर गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । यो प्रतियोगिताबाट एमेच्योर गल्फ वरीयतामा अंक जोडिने प्रावधान छ । सन् २०२५ को एसिया ग्रान्ड फाइनल, जुनियर दुबई डेसर्ट क्लासिक र अनिका इनभिटेसनल युरोपको छनोट प्रतियोगितासमेत हो ।