मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २ आइतबार
  • Thursday, 21 November, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर २ आइतबार o६:१९:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पोलमुक्त न्युरोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर २ आइतबार o६:१९:oo

नेपाल विद्युत् प्राधिकरणले भूमिगत तारबाट विद्युत् वितरण थालेसँगै सडकछेउमा भएका पोल र तार हटाएपछि आकर्षक देखिएको न्युरोड । योजनाभित्र परेकामध्ये उपत्यकाका अधिकांश ठाउँमा तार भूमिगत गर्ने काम सकिएको र पोल तथा तार हटाउने काम न्युरोडबाट सुरु गरिएको प्राधिकरणका प्रवक्ता चन्द्रकुमार घोसले बताए ।

बाँकी ठाउँमा क्रमशः पोल र तार हटाइने उनले बताए । उपत्यकाबाहिर पोखरा र भरतपुर महानगरपालिका क्षेत्रमा पनि तार भूमिगतको अधिकांश काम सकिएको छ ।

विद्युत्को पोल प्रयोग गरिरहेका टेलिकम र इन्टरनेट कम्पनीहरूले पनि तार भूमिगत गर्नुपर्छ । सरकारले दुई वर्षमा सक्ने गरी ५ फागुन ०७६ मा सुरु भएको भूमिगत तार बिछ्याउने योजना ६ वर्षमा पनि ७५ प्रतिशत मात्रै सकिएको छ ।