Skip This
नेपाली नागरिकता त्यागेका पूर्वकर्मचारीको पेन्सन रोकियो
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ३० शुक्रबार १७:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाली नागरिकता त्यागेका पूर्वकर्मचारीको पेन्सन रोकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार १७:३५:oo

नेपाली नागरिकता त्यागिसकेका पूर्वराष्ट्रसेवकहरूको पेन्सन गत साउनदेखि रोकिएको छ। राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि उनीहरूले नवीकरण गर्न सकेका छैनन्।

विदेशको नागरिकता लिइसकेको भए पनि विगतमा पुरानो नागरिकताकै आधारमा उनीहरूले पेन्सन नवीकरण गर्दै आएका थिए। तर, गत साउनदेखि २८ जिल्लामा पेन्सन नवीकरणका लागि परिचयपत्र अनिवार्य गरेपछि उनीहरूको सुविधा रोकिएको हो।

निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलका अनुसार नेपाली नागरिकता त्यागेकाहरूको पेन्सन नवीकरण रोकिएको छ। केहीले गैरआवासीय नेपालीका रूपमा पुनः नागरिकता लिएका छन्। तर, एनआरएन नागरिकता भएकाले राष्ट्रिय परिचयपत्र बनाउन पाएका छैनन्। यससम्बन्धी कानुन नै अष्पष्ट छ। जसकारण उनीहरूको पेन्सन पनि रोकिएको हो।

‘एनआरएन नागरिकता लिनुभएका केही पेन्सनरहरू बुझ्न आउनुभएको थियो,’ खरेलले भने, ‘तर, परिचयपत्र नम्बर नभएकाले हामीले नवीकरण गरेनौँ।’ निवृत्तिभरणसम्बन्धी कानुनमा पेन्सनरले नेपाली नागरिकता त्याग गरेमा पेन्सन रोक्नेसम्बन्धी कानुनी प्रावधान नभए पनि राष्ट्रिय परिचयपत्रका कारण पेन्सन सुविधा रोकिएको हो।

आगामी आर्थिक वर्षदेखि सबै जिल्लामा पेन्सन तथा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्ने निर्णय सरकारले गरिसकेको छ।