६ सय ६२ एम्पुल लागुऔषधसहित पोखराबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२६ बस्ने कपिल घिमिरे रहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय सिसुवा कास्कीबाट खटिएको प्रहरीले पोखरा–२९, भण्डारढिक नयाँबस्तीबाट घिमिरेलाई पक्राउ गरेको हो।
घिमिरेले लागुऔषध कारोबार गरिरहेको सूचनाका अधारमा गएको प्रहरीले उनलाई पक्राउ गरेसँगै उनको घरकोठा खानतलासी गर्दा झोलामा लुकाइराखेको अवस्थामा सो परिणामको लागुऔषध फेला पारेको हो।
कोठा खानतलासीका क्रममा डाइजापाम २२८, फेनेरागन २१२ र बु्रफिन २२२ गरी कुल ६ सय ६२ एम्पुल लागुऔषध र एक थान मोबाइल फेला परेको हो। प्रहरीले घिमिरेलाई लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाएको छ।