अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्वरक्षामन्त्री योआभ ग्यालेन्ट तथा हमासका सैन्य प्रमुख मोहम्मद डिफविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
आइसिसीको यो कदमले नेतन्याहुको गतिविधिलाई सैद्धान्तिक रूपमा सीमित गरेको छ। किनभने अदालतका १२४ राष्ट्रिय सदस्यहरूमध्ये कुनै पनि मुलुकले नेतान्याहुलाई आफ्नो इलाकामा गिरफ्तार गर्न बाध्य हुनेछन्।
‘अदालतले बेन्जामिन नेतन्याहु र योआभ ग्यालेन्ट नाम गरेका दुई व्यक्तिविरुद्ध कम्तीमा ८ अक्टोबर २०२३ देखि २० मे २०२४ सम्म भएका मानवताविरुद्धको अपराध र युद्ध अपराधका लागि पक्राउ पुर्जी जारी गरेको छ,’ आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आइसिसीले हमासका सैन्य प्रमुख डिफविरूद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ।
इजरायलले अगस्टको सुरुमा जुलाईमा दक्षिणी गाजामा भएको हवाई आक्रमणमा डिफको मृत्यु भएको बताएको थियो।
साक्षीहरूको सुरक्षा र अनुसन्धानको सञ्चालनको सुरक्षाका लागि पक्राउ पुर्जीलाई ‘गोप्य’ को रूपमा वर्गीकृत गरिएको अदालतले जनाएको छ।