भैरहवामा सञ्चालित पाँचतारे लक्जरी रिसोर्ट ‘टाइगर प्यालेस’को व्यवस्थापनमा सोल्टी होटेल भित्रिएको छ । शुक्रबार सोल्टी होटेल्स एन्ड रिसोर्ट र हिमालयन टाइगर इन्भेस्टमेन्टबिच होटेल व्यवस्थापन सम्झौता भएको हो ।
विदेशमा रहेका नेपालीको कम्पनी हिमालयन टाइगर इनभेस्टमेन्टले १५ महिनाअघि टाइगर प्यालेस खरिद गरेको थियो । नेपालको हस्पिटालिटी क्षेत्रमा प्रख्याति कमाएको सोल्टीलाई व्यवस्थापन सुम्पिएको कम्पनीका अध्यक्ष बुद्धि सुवेदीले बताए । शुक्रबारदेखि नै सोल्टीले टाइगर प्यालेसको व्यवस्थापन सम्हालेको उनको भनाइ छ ।
अब मोफसलकै सबैभन्दा ठुलो रिसोर्ट ‘टाइगर प्यालेस बाई सोल्टी’मा रिब्रान्डिङ भएको छ । सोल्टीको व्यवस्थापनमा टाइगर प्यालेस देशकै आइकोनिक प्रपर्टी (रिसोर्ट) बन्ने सोल्टी होटेलका उपाध्यक्ष सुदर्शन चापागाईंले बताए । ‘टाइगर प्यालेस पोटेन्सियल प्रपर्टी हो, राम्रो व्यवस्थापन भएमा आइकोनिक प्रपर्टी बन्छ,’ उनले भने, ‘सोल्टी र टाइगर प्यालेसबिच कोलाब्रेसन भएको छ, हामीले टाइगर प्यालेसलाई नेक्स्ट लेबलमा पु¥याउने अठोट गरेका छौँ ।’
रिसोर्र्टमा सेवा–सुविधा विस्तार गर्दै अन्तर्राष्ट्रिय तहमा मार्केटिङ गरेर इन्टरनेसनल प्रोपर्टी बनाउने उनको भनाइ छ । शुक्रबार सम्झौतामा हस्ताक्षर भएसँगै सोल्टीलाई व्यवस्थापन हस्तान्तरण भइसकेको सुवेदीले बताए ।