हुम्ला र बाजुरा जिल्लाकाे सिमाना कवाडीका स्थानीय अग्लाे ठाउँमा माेबाइल झुन्ड्याएर फाेन गर्न बाध्य छन्। नेपाल टेलिकमकाे टावरले राम्रोसँग काम नगरेपछि आफन्तसँग फाेन गर्न अग्लाे ठाउँमा माेबाइल झुन्ड्याएर फाेन गर्न बाध्य भएका हुन्।
मुगु जिल्लाकाे डुमनामा राखिएको टावरले राम्रोसँग काम नगरेपछि माेबाइल फाेन अग्लाे स्थानमा झुन्ड्याएर आफन्तसँग कुरा गर्न बाध्य भएकाे ताजाँकाेट गाउँपालिका-१ कि बिमसरी खड्काले जानकारी दिइन्। दुई जिल्लाकाे सिमानामा सरकारले टावरकाे व्यवस्थापन नगरेपछि आफूहरूलाई सकस भएकाे खड्काले बताइन्।
'सादा माेबाइलकाे फाेन सेटले मात्रै अलिअलि काम गर्छ,' उनले नयाँ पत्रिकासँग भनिन्। बाजुरा र हुम्ला जिल्लाले टेलिफाेनकाे लागि खासै चासाे नदिएपछि सञ्चारबाट सकस भएकाे ताजाँकाेट गाउँपालिका- १ कै हरिबहादुर खड्काकाे दुखेसाे छ। 'अग्ला डाँडाकाँडाहरू गएर आफन्तसँग फाेन गर्नुपर्छ,' उनले भने।