ट्रकको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

आइतबार, २० चैत, २०७८
डिजिटल संस्करण

सर्लाहीमा ट्रकको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ । पूर्व-पश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका– १७ स्थित कालिञ्जोर खोला पुलनजिकै ना. २९ प २४३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना. ५ ख ८४८५ नम्बरको ट्रकको ठक्करबाट मोटरसाइकलचालक लालबन्दी नगरपालिका–२, का २५ वर्षीय चन्दु पासवानको आइतबार मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको हो । 

रानीगन्जस्थित पम्पबाट मोटरसाइकलमा पेट्रोल भरेर फर्कंदै गर्दा पासवान सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाइ छ । ट्रकको ठक्करबाट गम्भीर घाइते पासवानको लालबन्दीस्थित मोडेल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा संलग्न ट्रक र ट्रकका चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यलय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए।

सुझावित समाचार