बुहारीको कुटाइबाट सासूको मृत्यु

शुक्रबार, २४ मंसिर, २०७८
डिजिटल संस्करण

महोत्तरीमा बुहारीको कुटाइबाट सासूको मृत्यु भएको छ । मटिहानी नगरपालिका ७ निवासी विन्देश्वर खत्वेको श्रीमती ६० वर्षीया जगतारण देवीको उनकै कान्छा छोरा उमेश खत्वेको श्रीमती ३७ वर्षीया तेतरीदेवी खत्वेको कुटाइबाट ज्यान गएको हो । 

बुहारीले सासूलाई लट्ठीले कुट्दा शरीरका विभिन्न भागसँगै टाउकोमा समेत गम्भीर चोट लाग्दा उनको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख एसपी दिनेश आचार्यले बुहारीलाई नियन्त्रणमा लिइएको बताए । उनले मृत्युको खास कारण अहिले नखुलेकाले पोस्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पठाइएको छ।

छुरा प्रहार 

यता बुधबारकै मध्यराति जनकपुरबाट विवाहपञ्चमीको मेला हेरी फर्कँदै गरेका रामगोपालपुर ९ गोठबनौलीनिवासी ३० वर्षीय बलराम रायलाई लोहारपट्टी नगरपालिका २ मध्यपुरास्थित विग्ही पुलमा अज्ञात व्यक्तिले छुरा प्रहार गरी घाइते बनाएका छन् ।

घाइतको जानकी हेल्थ केयरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ । अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा रायको पेट चिरिएको छ । उनको अवस्था गम्भीर रहेको र उपचार भइरहेको एसपी आचार्यले बताए । छुरा प्रहार गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।  
 
 

See More On

सुझावित समाचार