लमजुङको मध्यनेपालबाट नौ जुवाडे पक्राउ

बिहिबार, २१ असोज, २०७८
डिजिटल संस्करण

लमजुङको मध्यनेपाल नगरपालिका– २ टक्सारबाट जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले नौ जुवाडेलाई पक्राउ गरेको छ। स्थानीय चित्रजङ गुरुङको घरबाट जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरी टोलीले नगद ७६ हजार एक सय ८५ रुपैयाँ र ताससहित नौजनालाई पक्राउ गरेको हो।

उनीहरूलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो।  पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीले जानकारी दिए। चाडपर्व नजिकिएसँगै आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै प्रहरीले जिल्लामा सुरक्षा  निगरानी बढाएको छ।

सुझावित समाचार