काभ्रेमा महाभारतबाहेक १२ पालिकाको अधिवेशन सम्पन्न

मंगलबार, १२ असोज, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी अधिवेशनमा जिल्लाका १२ स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ। निर्वाचन समितिका अनुसार महाभारत गाउँपालिकाबाहेकका पालिकाको अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनमा आठ पालिकामा सर्वसम्मत र चार पालिकामा निर्वाचनद्वारा सभापति चयन भएका हुन्। महाधिवेशन कार्यतालिकाअनुसार ९ असोजमा १२ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

महाभारत गाउँपालिकामा भने विवादका कारण अधिवेशन रोकिएको छ। महाभारतमा कार्यतालिकाअनुसार निर्वाचन हुन नसकेपछि १४ असोजमा अधिवेशन गर्न लागिएको निर्वाचन अधिकृत राजेन्द्रकुमार लामिछानेले जानकारी दिए।

सर्वसम्मत सभापति चयन हुने पालिकामा पाँचखाल नगरपालिकामा सञ्जय तामाङ, पनौती नगरपालिकामा रामशरण भण्डारी, रोशी गाउँपालिकामा दूधराज लामा, नमोबुद्ध नगरपालिकामा कुन्साङ लामा, भुम्लु गाउँपालिकामा दावा लामा, चौँरीदेउराली गाउँपालिकामा शेरबहादुर तामाङ र खानीखोला गाउँपालिकामा दोर्जेमान जिम्बा रहेका छन्।

सभापति निर्वाचित भएका पालिकाहरूमा तेमाल गाउँपालिकामा ज्ञानबहादुर तामाङ, बनेपा नगरपालिकामा महेश कर्माचार्य, धुलिखेल नगरपालिकामा विदुरबहादुर बस्नेत, मण्डनदेउपुर नगरपालिकामा कश्यप पौडेल र बेथानचोक गाउँपालिकामा प्रेमबहादुर तिमल्सिना रहेका छन्।

सुझावित समाचार