नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गर्दै नेकपा (एमाले)का दुई सांसदले दर्ता गराएको रिटमाथि सुनुवाइ तोकिएको छ। रिटमाथि न्यायाधीश अनिलुकमार सिन्हाको एकल इजलासमा सुनुवाइ तोकेको हो।
बुधबार (भदौ २३ गते) एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै सर्वोच्चमा पुगेका थिए।
रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको छ।