महालेखा परीक्षकको प्रतिवेदनले जुम्लाका ८ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु सिंजा गाउँपालिकाको रहेको देखाएको छ। यो गाउँपालिकाको १९ दशमलव ०३ प्रतिशत अर्थात् १२ करोड ६४ लाख २४ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको हो ।
सिंजापछि तिला गाउँपालिकाको बेरुजु रकम बढिरहेको छ। महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएअनुसार तिला गाउँपालिकाको १३ दशमलव ९१ प्रतिशत अर्थात् ११ करोड ७५ लाख ६९ हजार रहेको छ।
यस्तै, चन्दननाथ नगरपालिकाको ६ प्रतिशत अर्थात् पाँच करोड ६६ लाख ८९ हजार रुपैयाँ रहेको छ। कनकासुन्दरी गाउँपालिकाको पाँच दशमलव ०१ प्रतिशत अर्थात तीन करोड ३८ लाख १२ हजार, पातारासी गाउँपालिकाको चार दशमलव ९८ प्रतिशत अर्थात् तीन करोड ४८ लाख पाँच हजार रुपैयाँ बेरुजु देखिएको छ।