मकवानपुरकाे भीमफेदीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु, ५ जना घाइते (अपडेट)

दुर्घटनाग्रस्त गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते

बिहिबार, २६ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं- मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

nullदुर्घटनाग्रस्त गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त  टोलिले उद्दार जारी राखेको छ  ।दुर्घटनाबारे थप विवरण आउन बाँकी नै छ।

सुझावित समाचार