सोमबार दिनभर

सोमबार, ३ कार्तिक, २०७७
डिजिटल संस्करण

दलित–गैरदलित विवाहमा अझै अवरोध, प्रोत्साहन गर्ने सरकारी योजना नै तुहाइयो
समाजमा दलितमाथि हुने विभेदका अनेक रूप छन् । कागजमा वर्षौँअघि अन्त्य भएको छुवाछुत प्रथा समाजमा यसरी जरो गाडेर बसेको छ कि दलितलाई मात्रै होइन, दलितसँग अन्तरजातीय विवाह गर्नेहरू पनि विभेद खेप्न बाध्य छन् । अन्तरजातीय विवाहकै कारण सयौं जोडी गाउँनिकालामा परेका छन्, कतिले आफ्नै बाबुआमाको अन्तिम संस्कारमा सहभागी हुन पनि पाएका छैनन् । कथित उपल्लो जातकी युवतीसँग प्रेम विवाह गरेकै कारण सयौं दलित युवा जबरजस्ती करणी, अपहरण र बन्धकका मुद्दामा जेल जीवन कटाउन बाध्य छन् ।

कोरोना संक्रमित प्रहरी भन्छन्– पानी पनि किनेर खानुपरेको छ 
कोरोना संक्रमित प्रहरीहरूले आफूहरूले पानीसमेत किनेर खानुपरेको गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको कभर्ड हलमा राखिएका संक्रमित प्रहरीले यस्तो गुनासो गरेका हुन् । आफूहरू तल्लो तहका प्रहरी भएकाले बेवास्ता गरिएको उनीहरूको गुनासो छ ।

कोभिड र सार्वजनिक अस्पतालमा दुई हजार हाइडिपेन्डेसी युनिट, आइसोलेसन सेन्टरलाई कोभिड अस्पताल बनाइने 
समुदायमा तीव्र गतिमा कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि सरकारले काठमाडौंका कोभिड, सरकारी र सार्वजनिक अस्पतालको क्षमता विस्तार गर्दै दुई हजार संख्यामा आवश्यक सुविधासहितको हाइडिपेन्डेन्सी युनिट(एचडियू) सञ्चालन गर्ने भएको छ ।

प्रधानमन्त्री र मन्त्रीहरूको दसैँ खर्च कोरोना उपचार कोषमा
मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रीहरूले दसैँ खर्चबापत प्राप्त रकमलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा उपलब्ध गराउने निर्णय गरेको छ । गत २९ असोजमा मन्त्रिपरिषद्ले गरेको निर्णय सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले त्यस्तो जानकारी गराएका हुन् ।

कोरोनाबाट मृत्यु भएकाको शव सरकारले व्यवस्थापन गर्छ : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाको दाहसंस्कार सरकारले गर्दैन भन्ने भ्रममा नपर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले होम आइसोलेसनमा बसेका संक्रमितको निधन भएको खण्डमा आफन्तले परम्परा र संस्कृतिअनुसार दाहसंंस्कार गर्न चाहेमा पाउने व्यवस्था मात्र गरिएको बताए ।

३६ प्रतिशत ब्याजमा ऋण काडेर छाक टार्दै उपल्लो डोल्पाली 
उमेरले ५० वर्ष लागेका उपल्लो डोल्पाका नेयार भोटेलाई बिहान र बेलुकीको छाक कसरी टार्ने र चामल किन्दा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताइरहन्छ । डोल्पोबुद्ध गाउँपालिका–१ मा पर्ने धोमा बस्दै आएको उनको आठजनाको परिवार नेयारको भरमा पालिएको छ । 

लोकसेवाका सबै परीक्षा स्थगित (सूचनासहित)
लोकसेवा आयोगले कात्तिक १६ देखि  लिने भनिएका सबै परीक्षा स्थगित गरेको छ । कोरोना भाइरसकाे महामारीका कारण लोकसेवाकै कर्मचारी पनि संक्रमित भएका कारण सबै परीक्षा स्थगित गरिएको आयोगले जनाएकाे छ ।

युरोपमा कोरोनाविरुद्ध नयाँ प्रोटोकल : हिँडडुल निषेधदेखि कर्फ्युसम्म
युरोपमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण दर फेरि बढ्न थालेको छ । यसकारण कोरोनाको पहिलो लहरमा युरोपले गरेको गल्ती नदोहो¥याउने संकल्पसहित संक्रमण नियन्त्रण गर्ने गरी नयाँ प्रोटोकल लागू भएको छ । केही सातायता युरोपमा कोरोना संक्रमित निरन्तर बढिरहँदा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले समेत चिन्ता जनाइरहेको छ । 

विश्वमा चार करोड पुगे कोरोना संक्रमित, तीन करोड कोरोनामुक्त
विश्वमा कोरोना भाइरस (कोभिड– १९) संक्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयद्वारा सोमबार जारी पछिल्लो अपडेटअनुसार संक्रमितको संख्या चार करोड पुग्न लागेको बताए पनि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने चार करोड नाघेको समाचार सम्प्रेषण गरिरहेका छन् । 

चीनको अर्थतन्त्रमा तीव्र सुधार, कोरोना नियन्त्रणमा उल्लेखनीय सफलता
विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोना महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेसँगै अर्थतन्त्रमा समेत तीव्र सुधार आएको छ । केही समययता चीनमा उपभोक्ताहरूले सपिङ मलमा सामान खरिद र महँगा सवारीसाधनसमेत किन्न थालेका छन् । 

सुझावित समाचार