१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
२०७७ कार्तिक ३ सोमबार १८:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री र मन्त्रीहरूको दसैँ खर्च कोरोना उपचार कोषमा

प्रदेश र स्थानीय सरकारलाई पनि उपचार कोषमा जम्मा गर्न आह्वान 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ३ सोमबार १८:०८:००

मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रीहरूले दसैँ खर्चबापत प्राप्त रकमलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा उपलब्ध गराउने निर्णय गरेको छ ।

गत २९ असोजमा मन्त्रिपरिषद्ले गरेको निर्णय सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले त्यस्तो जानकारी गराएका हुन् ।

‘प्रधानमन्त्री र मन्त्रीहरूले प्राप्त गरेको यस वर्षको दसैँ खर्चबापतको रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा उपलब्ध गराई यस रोगको रोकथाम र नियन्त्रणमा सहयोग पुऱ्याउने निर्णय भएको छ,’ २९ असोजको निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले भने ।

त्यस्तै, सरकारले प्रदेश र स्थानीय तह पदाधिकारी र निर्वाचित जनप्रतिनिधिहरूलाईसमेत मन्त्रिपरिषद् बैठकको निर्णयको मर्मअनुसार यस वर्षको दसैँ खर्च कोरोना कोषमा जम्मा गर्न हार्दिक अनुरोध पनि गरेको छ । 

कोरोना महामारीका बेला जनप्रतिनिधिहरूले दसैँ भत्ता लिएकोमा चौतर्फी आलोचना भइरहेका वेला मन्त्री गुरुङले सरकारको पछिल्लो निर्णय सार्वजनिक गरेका हुन् । यसअघि लुम्बिनी प्रदेश सरकारले यस वर्षको दसैँ खर्च नलिने र कोरोना उपचार कोषमा खर्च गर्ने निर्णय गरेको थियो । सत्तारुढ नेकपा र प्रमुख विपक्षी कांग्रेसले यस वर्ष सांसदहरूले प्राप्त गरेको दसैं खर्च एकमुष्ट रूपमा कोरोना उपचार कोषमा दाखिला गराउन संघीय संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन् । 

त्यस्तै, सरकारले यस पटकको दसैँलाई सामान्य रूपमा घर परिवारमा सीमित राखेर मनाउनसमेत आह्वान गरेको छ ।