१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक ३ सोमबार २०:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना संक्रमित प्रहरी भन्छन्– पानी पनि किनेर खानुपरेको छ 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ३ सोमबार २०:२५:००

कोरोना संक्रमित प्रहरीहरूले आफूहरूले पानीसमेत किनेर खानुपरेको गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको कभर्ड हलमा राखिएका संक्रमित प्रहरीले यस्तो गुनासो गरेका हुन् । 

आफूहरू तल्लो तहका प्रहरी भएकाले बेवास्ता गरिएको उनीहरूको गुनासो छ । ‘हामीले पानीसमेत किनेर खानुपरेको छ,’ एक प्रहरीले गुनासो गरे, ‘जिप्रकाबाट खाना आउँथ्यो, तर त्यो खाना खानै नसक्ने भएपछि हामी आफैँले किनेर खान बाध्य भएका छौँ ।’ 

नागरिकको सुरक्षाका लागि खटिँदा नै संक्रमित भएको तर आफूहरूलाई राज्यबाटै अपहेलना भएको उनीहरूको गुनासो छ । संक्रमणका वेला खानेकुरा सबै किनेर खानुपरेको र कसैले वास्ता नगरेको उनीहरूले बताएका छन् ।