तातोपानी नाका आजदेखि तीन दिन खुला

आइतबार, १ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । चीनसँगको तातोपानी नाका आज आइतबारदेखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। दसैँको समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले नेपाल सरकारले चीन सरकारसँगको समन्वयमा नाका तीन दिनका लागि खुलाएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार ३ कात्तिकसम्म नाका खुला रहनेछ। सो अवधिमा कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइने बताइएको छ।

सुझावित समाचार