काठमाडाैं- प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले विगतमा छानबिन भएर कारबाही थाती रहेका फाइल अघि बढाउन सुपरिवेक्षण महाशाखा र कानुन महाशाखालाई निर्देशन दिएका छन् ।
उजुरी परेर वा घटना सार्वजनिक भएपश्चात् कारबाही प्रक्रिया सुरु भएर पनि टुंगोमा नपुग्दा संगठनको मर्यादा र छविमा आँच पुग्ने तथा जस्तोसुकै गल्ती गर्दा पनि सजाय नहुने सन्देश जाने भन्दै आइजिपी केसीले कारबाही अघि बढाउन निर्देशन दिएका हुन् ।
प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले पनि कारबाहीसम्बन्धी थाती रहेका फाइल अघि बढ्न लागेको बताए । ‘विगतमा छानबिन भएर कारबाही टुंगिन बाँकी फाइल अघि बढ्दै छन्,’ उनले भने, ‘शुद्धीकरणको मामिलामा शून्य सहनशीलताको नीति कार्यान्वयन हुन्छ ।’