मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक ३ सोमबार
  • Wednesday, 09 July, 2025
२o७७ कार्तिक ३ सोमबार १६:५o:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाबाट मृत्यु भएकाको शव सरकारले व्यवस्थापन गर्छ : स्वास्थ्य मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक ३ सोमबार १६:५o:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाको दाहसंस्कार सरकारले गर्दैन भन्ने भ्रममा नपर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले होम आइसोलेसनमा बसेका संक्रमितको निधन भएको खण्डमा आफन्तले परम्परा र संस्कृतिअनुसार दाहसंंस्कार गर्न चाहेमा पाउने व्यवस्था मात्र गरिएको बताए ।

‘नेपाली सेनाले गर्दै आएको शव व्यवस्थापनको कार्य निरन्तर रहिरहन्छ,’ उनले भने, ‘नेपाली सेना पुग्न नसकेको अवस्थामा वा परिवारले आफन्तको दाहसंस्कार आफैँ गर्छु भनेमा त्याे भावनाको सम्मान गर्दै यस्तो व्यवस्था गरिएको हो ।’

उनले कोरोना भाइरस थुकको छिटाबाट सर्ने र मृत शरीरबाट थुकको छिटा नआउने भएकाले रोग सर्ने सम्भावना न्यून हुने बताए ।

धेरै समुदाय र संघसंस्थाबाट आफ्नो धर्म, संस्कृति र परम्पराबाट गर्न पाउनुपर्ने माग भएको उनले जानकारी दिए । त्यसरी दाहसंस्कार गर्दा पनि सुरक्षाका सबै उपाय अपनाएर मात्र गर्न भनिएको उनले स्पष्ट पारे ।

‘सरकारले शव व्यवस्थापन गर्दैन भन्ने हल्ला मात्र हाे, भ्रममा नपर्न आग्रह गर्दछु,’ गाैतमले भने ।