१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस/एएनआइ
२०७७ कार्तिक ३ सोमबार १६:१६:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

विश्वमा चार करोड पुगे कोरोना संक्रमित, तीन करोड कोरोनामुक्त

Read Time : > 1 मिनेट
रासस/एएनआइ
२०७७ कार्तिक ३ सोमबार १६:१६:००

विश्वमा कोरोना भाइरस (कोभिड– १९) संक्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयद्वारा सोमबार जारी पछिल्लो अपडेटअनुसार संक्रमितको संख्या चार करोड पुग्न लागेको बताए पनि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने चार करोड नाघेको समाचार सम्प्रेषण गरिरहेका छन् । 

सो विश्वविद्यालयका अनुसार विश्वभरि तीन करोड ९९ लाख ६७ हजार सात सय ३६ जना कोभिड १९ संक्रमित भएका छन् । संक्रमणको कारण विश्वभरि ११ लाख १३ हजार तीन सय ५२ जनाको मृत्यु भएको छ । 

यसैबीच विश्वभर रहेका कुल संक्रमितमध्ये करिब तीन करोड व्यक्ति कोरोनामुक्त भएका छन् । कोरोनाको कारण सबैभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८१ लाख ५० हजारभन्दा बढी व्यक्ति संक्रमित छन् । 

कोरोना संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका नै हो । विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा दुई लाख १९ हजार ६ सय ७४ जनाको मृत्यु भएको छ । 

कोरोना  भाइरस सङ्क्रमण हुनेमा भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा छन् । भारतमा ७५ लाख ५० हजार दुई सय ७३ जना कोरोना  संक्रमित छन् । कोरोना संक्रमणबाट एक लाख १४ हजार ६ सय १० जनाको मृत्यु भएको छ । भारतमा ६६ लाख ६३ हजार ६ सय आठजना कोरोनामुक्त भएका छन् ।

ब्राजिलमा ५२ लाख २४ हजार तीन सय ६२ व्यक्तिमा कोरोना संक्रमण भएको छ भने एक लाख ५३ हजार ६ सय ७५ जनाको मृत्यु भएको छ । चौथो स्थानमा रहेको रुसमा १४ लाख ६ हजार पाँच सय चारजना संक्रमित भएकोमो २४ हजार दुई सय १२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले गत ११ मार्चमा कोभिड–१९ लाई  ‘विश्व महामारी’को घोषणा गरेको थियो ।