उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

सोमबार, २ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । आज सोमबार देशको हिमाली तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको तराईमा आंशिक बादल तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा कर्णाली र सुदूरपश्चिमको हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण छ। कोशी र गण्डकी  प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

सुझावित समाचार