सेवाबाट हटाइएका दाहालले दिए पुनरावेदन निवेदन

बुधबार, २ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं/ बिचौलिया इनम सापकोटासँग साँठगाँठको आरोपमा सेवाबाट हटाइएका सशस्त्र प्रहरीका तत्कालीन एआइजी बंशीराज दाहालले कारबाही पुनरवलोकनका लागि निवेदन दिएका हुन्। गृह मन्त्रालय हुँदै उनै मन्त्रिपरिषदमा पुनरावेदन निवेदन दिएका हुन्। 

गत २३ असोजमा उनलाई गृहमन्त्रीस्तरीय निर्णयबाट सेवाबाट हटाउने निर्णय भएको हो। सशस्त्र प्रहरी नियमावलीको दफा ११३(ग)अनुसार आचरणसम्बन्धी कुरा बराबर उल्लंघन गरेको अभियोगमा सेवाबाट हटाइएको हो। यस्तो विभागीय कारबाहीमा मन्त्रिपरिषदमा पुनरावेदन गर्न सकिने प्रावधान नियमावली छ। सोही प्रावधानअनुसार उनले निवेदन दिएको स्रोत बताउँछ। उनको पुनरावेदनउपर निर्णय भइसकेको छैन। 

हाल हिरासतमा रहेका सापकोटालाई सुरक्षासम्बन्धी संवेदनशील सूचना ह्वाट्सएपमा पठाएको खुलेपछि दाहाललाई सरकारले कारबाही गरेको हो। 

सुझावित समाचार