दिनभर

सोमबार, २६ असोज, २०७७
डिजिटल संस्करण

महामारीमा पनि बिजनेस भिसामा नेपाल : चिनियाँ लगानीकर्ता बढ्दै, अमेरिकी र युरोपेली घट्दै
कोरोना महामारीले आर्थिक क्षेत्र अस्तव्यस्त छ । त्यसका बाबजुद नेपालमा लगानी गर्न विदेशी आकर्षण देखिएको छ । साउनयता मात्र बिजनेस भिसामा चार सय ९२ जना विदेशी नागरिक नेपाल आएका छन्, तीमध्ये करिब ६० प्रतिशत नयाँ छन् । र, तीन महिनामा करिब ९० प्रतिशत चिनियाँ लगानीकर्ताले बिजनेस भिसा लिएका छन् । उद्योग विभागका निर्देशक उदय गुप्ताका अनुसार साउनयता विदेशी नागरिकका करिब ५० वटा कम्पनी दर्ता प्रक्रियामा छन् । तीमध्ये सबैभन्दा धेरै होटेल छन् । ‘होटेलपछि कार्गो, कन्स्ट्रक्सन, सफ्टवेयर र कृषिसम्बन्धी कम्पनी छन्,’ गुप्ता भन्छन्, ‘केहीले हाइड्रोपावर र मास्क बनाउने उद्योगमा पनि लगानी ल्याएका छन् ।’ 

नेकपाकाे कर्णाली प्रदेश विवाद पेचिलाे बन्दै, प्रमुख सचेतक शाह हटाइए
नेकपा कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक गुलावजंग शाहलाई जिम्मेवारीबाट हटाइएको छ ।कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले उनको काम सन्तोषजनक नभएको भन्दै जिम्मेवारीमुक्त गरेका हुन् ।

संसदीय उपसमितिको निष्कर्ष– काठमाडौंबाहिरको अवस्था चिन्ताजनक छ, सरकारले वेलैमा ध्यान पुऱ्याओस्
कोभिड– १९ सम्बन्धी सरकारले गरेको कामको विषयमा निरीक्षण गर्न गठित ‘शिक्षा तथा स्वास्थ्य समिति’अन्तर्गतको उपसमितिले काठमाडौं उपत्यकाबाहिरका जिल्लामा भयावह स्थिति आउन सक्ने अनुमान लगाउँदै सरकारले वेलैमा ध्यान दिन जरुरी रहेको बताएको छ । कोभिडमा सरकारले गरेको कामको देशैभरि निरीक्षण र अनुगमन गरिररहेको उपसमितिले सोमबार मूल समितिलाई काठमाडौंबाहिरको स्थितिबारे जानकारी गराएको हो ।

उपत्यकाका सरकारी अस्पताल अब कोभिड अस्पताल
सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय गरेको छ । तत्कालीन अवस्थामा आकस्मिकबाहेकका अप्रेसन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रूपमा रूपान्तरण गर्ने निर्णय गरेको हो । 

गाउँगाउँमा सिंहदरबारको व्यथा : नागरिकले स्ट्रेचर पाएनन्, जनप्रतिनिधिले महँगा गाडी किने
कालिकोटको तिलागुफा नगरपालिकामा ५ मंसिर ०७५ मा नेपाल वातावरण समूहले आयोजना गरेको ‘दलितका समस्या विषयक’ अन्तर्क्रिया कार्यक्रममा नगरपालिका– ३ का दलित महिला वडा सदस्य सम्झना दर्जीले बिरामी बोक्ने स्ट्रेचरको माग गरिन् । ‘हामीलाई कुनै अन्य सुविधा चाहिएको छैन,’ उनले अन्तर्क्रिया कार्यक्रम भनेकी थिइन्, ‘एउटा स्ट्रेचर भए बिरामी बोक्नलाई सजिलो हुने थियो । त्यो नगरपालिकाले व्यवस्था गरोस् ।’

नक्कली नागरिकता बनाई ५० करोड पर्ने अर्काको जग्गा बेच्न खोज्ने पक्राउ
नक्कली नागरिकता बनाई अर्काको नामको करिब ५० करोडको घरजग्गा बिक्री गर्न खोज्ने ललितपुरका केवलप्रतापजंग राणा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो । वीरगन्ज नगरपालिका– ५ स्थित पाँच कठ्ठा १५ धुर जग्गा र त्यसमा भनेको घर आफ्नो भएको भन्दै बिक्रीका लागि ५० लाख रुपैयाँ लिइसकेका लिए ।

कोरोनाले बढायो गरिबी : ब्राजिलमा एक करोड ५० लाख मानिस गरिबीको रेखामुनि पुग्ने चेतावनी
कोरोना भाइरस (कोभिड– १९) संक्रमण फैलँदै जाँदा ब्राजिलमा गरिबीको रेखामुनि पुग्नेको दर पनि बढिरहेको छ । ब्राजिल सरकारले कोरोना भाइरस महामारी फैलिएपछि सुरु गरेको आपतकालीन भत्ता अगस्टबाट आधा घटाएपछि गरिबीतर्फ धकेलिनेको दर बढेको हो । सरकारले घोषणा गरेको आपतकालीन भत्ता आगामी डिसेम्बरबाट सकिँदै छ । डिसेम्बरपछि यो कार्यक्रमले निरन्तरता नपाउने हो भने ब्राजिलमा एक करोड ५० लाख मानिस फेरि गरिब बन्ने अध्ययनले देखाएको छ । 

चीनले क्विन्डाओ सहरका ९० लाखभन्दा बढीको कोरोना परीक्षण पाँच दिनभित्र गर्दै  
चीनको पूर्वीतटीय सहर क्विन्डाओमा ६ जनामा कोरोनाको लक्षण देखिएपछि पाँच दिनभित्रैमा सहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने तयारी गरेको छ । चिनियाँ अधिकारीहरूका अनुसार पूरै सहरका बासिन्दाको यसरी परीक्षण गरिएको केही महिनापछि पहिलोपटक हो । चीनको वुहानमा कोरोना भाइरस पहिलोपटक देखिएको चीनले यसलाई नियन्त्रणमा ल्याइसकेको बताएको छ । 

अनलाइन पठनपाठनबाट उत्पन्न तनाव कसरी व्यवस्थापन गर्ने ?
विश्व स्वास्थ्य संगठनले हालै प्रकाशित गरेको सर्वेक्षणअनुसार पछिल्लो समय विश्वभर मानसिक समस्या निकै बढेको पाइएको छ । सर्वेक्षणअनुसार मानसिक समस्या भोगिरहेकामध्ये करिब ७२ प्रतिशत बालबालिका र किशोरकिशोरी छन् । सुरुवाती समयमा अनलाइन कक्षाले बालबालिकामा कोरोना महामारीबाट उत्पन्न तनावबाट बाहिर आउन निकै मद्दत पु¥यायो, तर बिस्तारै अनलाइन कक्षाको भार बढ्दै गएपछि भर्चुअल शिक्षा नै बालबालिका तथा किशोरकिशोरीका लागि तनावको कारण बन्न थालेको छ ।

यसपटकको दसैँमा नयाँ नाेट साट्दैनौँ : राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा नयाँ नोट सटही नगर्ने भएको छ ।  कोभिड– १९ संक्रमणको जोखिमका कारण दसैँलक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

सुझावित समाचार