१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएफपी
२०७७ असोज २६ सोमबार १५:५८:००
Read Time : < 1 मिनेट
विश्व

चीनले क्विन्डाओ सहरका ९० लाखभन्दा बढीको कोरोना परीक्षण पाँच दिनभित्र गर्दै  

Read Time : < 1 मिनेट
रासस/एएफपी
२०७७ असोज २६ सोमबार १५:५८:००

चीनको पूर्वीतटीय सहर क्विन्डाओमा ६ जनामा कोरोनाको लक्षण देखिएपछि पाँच दिनभित्रैमा सहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने तयारी गरेको छ । 

चिनियाँ अधिकारीहरूका अनुसार पूरै सहरका बासिन्दाको यसरी परीक्षण गरिएको केही महिनापछि पहिलोपटक हो । चीनको वुहानमा कोरोना भाइरस पहिलोपटक देखिएको चीनले यसलाई नियन्त्रणमा ल्याइसकेको बताएको छ । 

आइतबार क्विन्डाओमा ६ जनामा कोरोना पुष्टि भएको थियो । यस सहरमा ९४ लाखको बसोवास छ । पाँचवटा जिल्लामा तीन दिनभित्र परीक्षण गरिने र पूरै सहर पाँच दिनभित्र परीक्षण गरिने क्विन्डाओ नगरका स्वास्थ्य अधिकारीले बताएका छन् । तर, ती अधिकारीले सहरका कति मानिसको परीक्षण हुनेछ भन्ने खुलाएका छैनन् । 

चीनमा व्यापक र तीव्र परीक्षण गर्ने क्षमता छ । स्वास्थ्य आयोगले एक लाख ४० हजारभन्दा बढी स्वास्थ्यकर्मी, नयाँ भर्ना भएका बिरामी र सुरक्षाकर्मीको परीक्षण गरिसकेको जनाएको छ । गत जुन महिनामा बेइजिङको ठूलो क्षेत्रमा व्यापक परीक्षण गरिएको थियो । खाद्य बजारमा केही व्यक्तिमा कोरोना देखिएसँगै करिब दुई करोडभन्दा बढी जनसंख्या रहेको बेइजिङका हटस्पटमा परीक्षण गरिएको थियो । 

चीनले कोरोना भाइरस नियन्त्रणका लागि कडा लकडाउन जारी गर्नुका साथै कोरोना परीक्षणलाई व्यापक बनाएको थियो । जसका कारण विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमाथि दबाब उत्पन्न भएको थियो, तर अहिले चीनले आर्थिक गतिविधिलाई पुनः पहिलेकै अवस्थामा पुऱ्याउन लागिसकेको छ ।

गत साता राष्ट्रिय बिदाका अवसरमा देशव्यापी रूपमा करोडौँ नागरिक छुट्टी मनाउन अन्यत्र गएका थिए । चीनले पछिल्लो समय कोरोना भाइरसको खोप निर्माणलाई पनि तीव्रता दिएको छ । चीनका धेरै कम्पनी खोप निर्माणको अन्तिम चरणमा पुगिसकेका छन् ।