नक्कली नागरिकता बनाई ५० करोड पर्ने अर्काको जग्गा बेच्न खोज्ने पक्राउ

सोमबार, २६ असोज, २०७७
डिजिटल संस्करण

नक्कली नागरिकता बनाई अर्काको नामको करिब ५० करोडको घरजग्गा बिक्री गर्न खोज्ने ललितपुरका केवलप्रतापजंग राणा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो ।

वीरगन्ज नगरपालिका– ५ स्थित पाँच कठ्ठा १५ धुर जग्गा र त्यसमा भनेको घर आफ्नो भएको भन्दै बिक्रीका लागि ५० लाख रुपैयाँ लिइसकेका लिए ।

जग्गाधनीको आफू हकवाला भएको विश्वासमा पार्न उनले मुकेश राजभण्डारीको नाममा नक्कली नागरिकता बनाएको प्रहरीले जनाएको छ ।

सिआइबीले उनलाई पर्सा प्रहरीमा बुझाएको छ ।

सुझावित समाचार