मंगलबारसम्म धान भित्र्याउन आग्रह

आइतबार, ८ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले आगामी मंगलबारसम्म धान बाली भित्र्याउन आग्रह गरेको छ।

बुधबारदेखि देशका अधिकांश भूभागमा मौसम प्रतिकूल हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै केन्द्रले अघिल्लो दिन मंगलबारसम्म धान भित्र्याउन भनेको हो। मंगलबारसम्म पहाडी र हिमाली जिल्लामा आंशिक बादल लागे पनि मौसम सामान्य रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा न्यूनचापीय प्रणाली बिस्तारै बलियो हुँदै चक्राबातमा परिणत हुने देखिन्छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशमा बुधबार पानी पर्न सक्ने आकलन छ।

त्यसको प्रभाव विस्तारै बढ्दै शनिबारसम्मै रहने सम्भावनालाई मध्यनजर गर्दै कृषि वातावरण अनुसन्धान केन्द्रले मौसममा सुधार आएपछि प्राविधिकको सल्लाहअनुसार धान काट्न अनुरोध गरेको छ।

सुझावित समाचार