कालीकोटमा पहिलोपटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

शुक्रबार, ६ कार्तिक, २०८३
डिजिटल संस्करण

सुर्खेत । बडादसैँ तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलोपटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता सम्पन्न भएको छ । नरहरिनाथ गाउँपालिका– ९, लालुका सचेत युवाहरूको समूहले जिल्लामा नै पहिलोपटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता आयोजना गरेको हो । 

प्रतियोगितामा ३० वर्षभन्दा मुनिका खेलाडीमा नवीन विष्ट प्रथम, अनिल दर्जी दाेस्राे, अर्जुन ढोली तेस्रो भएका थिए भने ३० वर्षभन्दा माथिका खेलाडीमा पहरे दर्जी प्रथम, वीरेन्द्र बोहरा दाेस्राे र प्रकाश दर्जीले तेस्रो स्थान हासिल गरेको खेल आयोजक समितिका संयोजक विन्दमान लामिछानेले बताए । उनका अनुसार खेलमा उत्कृष्ट खेलाडीमा नवीन विष्ट घोषित भएका थिए। 

ओभरअल च्याम्पियनमा ५५ वर्षीया पहरे दर्जी भएको संयोजक लामिछानेले बताए। उनले दर्जीको उपलब्धिले सबै खेलाडी तथा युवालाई प्रेरणा दिएको बताए। यो खेल प्रतियोगिता केवल जित र हारमा सीमित नभई युवालाई खेलप्रति आकर्षित गर्ने, दुर्व्यसनमुक्त समाज निर्माण गर्ने र राष्ट्रिय खेलाडी उत्पादन गर्ने अभियानको महत्त्वपूर्ण उपलब्धि बनेको रहेको संयोजक छामिछानेले जानकारी दिए ।

सुझावित समाचार