काठमाडौं । यू– १९ महिला टी– २० विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपालमा हुने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका खेल नेपालका दुई क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।
नेपालमा हुने खेलहरू काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना गरिनेछ ।
आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुने यू– १९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्दै छन् । प्रतियोगिताका बाँकी खेल बंगलादेशमा हुनेछन् ।