बुधबार १० बजेसम्मका मुख्य १० खबर

बुधबार, १७ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी बाढीपछि सरकारले के–के गर्यो? संसदमा प्रधानमन्त्रीको फेहरिस्त
रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि सरकारले तत्काल उद्धारदेखि प्रभावित क्षेत्रको पुनर्स्थापनासम्मका लागि चालेका कदमबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसद्लाई जानकारी दिएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीपछि सरकारको प्राथमिकता नागरिकको जीवनरक्षा, खोज तथा उद्धार, घाइतेको उपचार, राहत र सुरक्षित स्थानान्तरण रहेको बताए।

भोटेकोशी बाढी अपडेटः मृत्यु १२२२, सम्पर्कविहीन ४८७५
एक साताअघिको भोटेकोशी बाढीमा ज्यान गुमाउने र सम्पर्कविहिन हुनेको संख्या ६ हजार नाघेको छ। नेपाल प्रहरीको बुधबार साँझसम्मको तथ्याङकअनुसार एक हजार दुई सय २२ जनाको शव भेटिएको छ ।

त्यस्तै, चार हजार आठ सय ७५ जना सम्पर्कविहिन रहेको भनेर उजुरी आएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए। 

हालसम्म प्रहरीले सनाखत हुन नसकेका आठ सय २२ शव जमिनमुनी अस्थायी व्यवस्थापन गरेको छ ।

बाढीले भारत पुर्याएका नौ शव भारतीय पक्षद्वारा नेपाललाई हस्तान्तरण
भोटेकोशी नदीमा आएको बाढीले बगाएर भारत पुर्याएका नौवटा शव भारतीय सुरक्षा निकायले  नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लामा रहेका खड्डा र पडरौना थानाका जनपद प्रहरीले ती शव सुनौली नाका हुँदै बेलहिया नाकामा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो।

गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्दै थप एक नयाँ मन्त्री नियुक्त गरेका छन्। माओवादी केन्द्रको चिह्न लिएर निर्वाचन लडेका गोरखा क्षेत्र नम्बर २ ९क०बाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा बुधबार ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका हुन्। मन्त्री नियुक्त देवकोटाले बुधबारै पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।

झापा र दोलखाका सिडिओले दिए राजीनामा 
झापा र दोलखा जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी९सिडिओ०ले राजीनामा दिएका छन्। झापाका शिवराम गेलाल र दोलखाका हरिप्रसाद घिमिरेले राजीनामा दिएका हुन्। दुवैजना सहसचिव हुन्। उनीहरूको राजीनामा स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए। दुवैजना उमेरहदका कारण अनिवार्य अवकाशको मुखमा रहेकाले राजीनामा दिएको स्रोत बताउँछ। 

भोटेकोशी बाढी स् कुशको शव बनाएर अन्त्येष्टि गरिँदै (तस्बिरहरू)
यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा धेरै धनजनको क्षति भएको छ। बाढीले परिवार मात्रै होइन पूरा बस्तीहरू नै बगाएको छ।

आठौँ दिनसम्म कुनै खबर नपाएपछि नुवाकोटका निराजन पौडेलले बुधबार कुशको शव बनाएर अन्त्येष्टि गरेका छन्। त्रिशूली बजारनजिकैको सोले बजार नै बगाएको बाढीले उनका परिवारका पाँच सदस्य निल्यो।

बाढीमा मृत्यु भएका कर्मचारीको परिवारलाई १० लाख, उद्धार कोषमा ४० करोड प्रदान गर्ने प्रहरीको निर्णय 
भदौ १०को बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारजनहरूलाई विशेष आर्थिक सहयोग स्वरूप प्रहरी कर्मचारीहरूबाट राहत स्वरूप संकलन गरिएको रकमबाट तत्काल प्रतिव्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय नेपाल प्रहरीले गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा उक्त निर्णय गरिएको हो। साथै, उक्त बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँसमेत प्रदान गर्ने निर्णय गरेको छ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ। भदौ २० गते शनिबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

पार्टी केन्द्रीय कार्यालय, बिपी नगर ललितपुरमा बस्ने बैठकमा भोटेकोशी बाढी र १५औँ महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ। बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई कांग्रेसले निर्देशन दिएको छ।

मुआब्जाका लागि हदबन्दीको जग्गा व्यक्तिको नाममा दर्ता, तत्कालीन मालपोत अधिकृत आचार्यसहित पाँचविरुद्ध मुद्दा
हदबन्दीमा परेको मन्दिरका लागि छोडिएको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवाका तत्कालीन मालपोत अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

हदबन्दीमा परेको रुपन्देहीको साविक भुजौली गाउँ पञ्चायतको ९ ९ख० ७, २९, ३२, ६७, ६८, ९२ र ९४ कित्ताका जग्गा छुट जग्गा भनी व्यक्तिविशेषको नाममा दर्ता गराएको आरोपमा अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

हवाई इन्धन चोरी आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा
पर्सा जिल्ला अदालतले हवाई इन्धन चोरी आरोपमा पक्राउ परेका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको छ। गत साउन २१ मा हवाई इन्धन चोरी गरेको आरोपमा पक्राउ परेका ७ मध्ये ६ जनालाई पर्सा जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको हो।

सुझावित समाचार