मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
तिवारी यादव वीरगन्ज
२o८३ भदौ १७ बुधबार १८:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हवाई इन्धन चोरी आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार १८:४४:oo

पर्सा जिल्ला अदालतले हवाई इन्धन चोरी आरोपमा पक्राउ परेका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको छ। गत साउन २१ मा हवाई इन्धन चोरी गरेको आरोपमा पक्राउ परेका ७ मध्ये ६ जनालाई पर्सा जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको हो।

पर्सा जिल्ला अदालतका स्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार चारजनालाई जनही २५ हजार र दुईजनालाई जनही ४५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश आएको हो। मंगलबार आएको आदेशमा अदालतले मुख्य अरोपी सुनैन मियाँबाहेक सबैलाई धरौटीमा छाडन आदेश दिएको हो।

अदालतले उमेश रानामगर र मन्दसिंह लामासँग जनही ४५ हजार धरौटी माग गरेको छ। यस्तै, असलम हवारी, रफिक मियाँ, सन्देश रानामगर र केशर राना सुनारसँग जनही २५ र २५ हजार रुपैयाँ धरौटी माग गरिएको मल्लिकले बताए।