मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १७ बुधबार १७:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

झापा र दोलखाका सिडिओले दिए राजीनामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार १७:१६:oo

झापा र दोलखा जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी(सिडिओ)ले राजीनामा दिएका छन्। झापाका शिवराम गेलाल र दोलखाका हरिप्रसाद घिमिरेले राजीनामा दिएका हुन्। दुवै जना सहसचिव हुन्। उनीहरुको राजीनामा स्वीकृतीका लागि मन्त्रिपरिषद्मा पठाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए । दुवै जना उमेरहदका कारण अनिवार्य अवकाशको मुखमा रहेकाले राजीनामा दिएको स्रोत बताउँछ । 

हाल भोजपुर जिल्ला पनि सिडिओविहिन छ। गृह मन्त्रालयले नौ पहाडी जिल्लामा सहसचिवको दरबन्दी कटौती गरी उपसचिवको कायम गरेकोमा ती जिल्लामा पनि दरबन्दीअनुसार सिडिओको मिलान हुन सकेको छैन ।  एक महिनाअघि मन्त्रिपरिषद्बाट स्वीकृत भएको संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुुसार बैतडी, डडेल्धुरा, अछाम, जुम्ला, सल्यान, जाजरकोट, रोल्पा, भोजपुर र खोटाङ जिल्लामा सहसचिवको दरबन्दी कटौती गरी उपसचिवको कायम गरिएको छ। 

गृह मन्त्रालयमा सचिव केदारनाथ शर्मा मंगलबार हाजिर भएका छन्। नयाँ सचिव आएसँगै यही साताभित्र सिडिओको सरुवा र पदस्थापनको तयारी भइरहेको गृह मन्त्रालय स्रोत बताउँछ । गृहकै कर्मचारी प्रशासन महाशाखा र नीति योजना महाशाखाको नेतृत्व पनि रिक्त छ।