मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
संजित परियार काठमाडौं
२o८३ भदौ १७ बुधबार १८:२५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

भोटेकोशी बाढी : कुशको शव बनाएर अन्त्येष्टि गरिँदै [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार १८:२५:oo

यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा धेरै धनजनको क्षति भएको छ। बाढीले परिवार मात्रै होइन पूरा बस्तीहरू नै बगाएको छ।

आठौँ दिनसम्म कुनै खबर नपाएपछि नुवाकोटका निराजन पौडेलले बुधबार कुशको शव बनाएर अन्त्येष्टि गरेका छन्। त्रिशूली बजारनजिकैको सोले बजार नै बगाएको बाढीले उनका परिवारका पाँच सदस्य निल्यो।

एक साता बितिसक्दा पनि बेपत्ता भएका बुवा, आमा, काका, काकी र बहिनीबारे कुनै खबर नपाएपछि उनले हिन्दू परम्पराअनुसार कुशलाई प्रतीकात्मक शव मानी अन्तिम संस्कार गर्दै काजकिरिया सुरु गरेका छन्।

हेर्नुस् तस्बिरहरू :