सरकारले भूमि समस्या समाधानसम्बन्धी समितिको नेतृत्व तथा सदस्यहरू नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कास्कीनिवासी बलभद्र बाँस्तोलालाई भूमि समस्या समाधान समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
त्यसैगरी, समितिका सदस्यहरूमा काठमाडौंका अमीरप्रसाद न्यौपाने, लमजुङकी पद्मिति सोती तथा काठमाडौंकी डा. रोहना श्रेष्ठलाई नियुक्त गरिएको सरकारी स्रोतले जनाएको छ।