सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अञ्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
यसअघि गत जेठ ५ गते बसेको सशस्त्र प्रहरी बल बढुवा समितिको बैठकले पोखरेललाई एआइजी पदमा बढुवाका लागि सिफारिस गरेको थियो।