मुम्बई इन्डियन्सलाई हराउँदै राजस्थान रोयल्स् इन्डियन प्रिमियर लिग(आइपिएल)को प्लेअफमा पुगेको छ। शनिबारको खेलमा राजस्थानले मुम्बईलाई ३० रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको राजस्थानले २०५ रन बनाएको थियो। जवाफी ब्याटिङमा मुम्बई १७५ रनमा समेटियो।
राजस्थानका बलर जोफ्रा आर्चरले उत्कृष्ट प्रदर्शन गरेपछि राजस्थान प्लेअफमा पुगेको हो। आर्चरले चार ओभरमा १७ रन दिएर तीन विकेट लिएका थिए। ब्याटिङतर्फ पनि उनले १५ बलमा ३२ रन प्रहार गरे।
आइपिएलमा आज समूह चरणका खेल सकिँदै छन्। अन्तिम खेल दिल्ली र कोलकात्ताबिच जारी छ।
प्लेअफअन्तर्गत बैंगलोर र गुजरातबिच पहिलो क्वालिफायर मंगलबार तथा एलिमिनेटर राजस्थान र हैदरावादबिच बुधबार हुँदै छ।
फाइनल खेल भने १७ जेठमा हुनेछ।