आइसिसी विश्वकप लिग– २ अन्तर्गत स्कटल्यान्डसँगको खेलमा डा. ईशान पाण्डेले अर्धशतक पूरा गरेका छन्।
तेस्रो विकेटका रूपमा ब्याटिङमा आएका पाण्डेले ५४ बलमा ५३ जोडेका हुन्। उनले पाँच चौका र दुई छक्का प्रहार गरे।
त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १९६ रनको लक्ष्य पछ्याएर नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।
ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेल क्रमशः २९ र २८ रन बनाएर पेभेलियन फर्किएका थिए। डा. पाण्डेलाई अहिले कप्तान रोहित पौडेलले क्रिजमा साथ दिइरहेका छन्।