प्रधानमन्त्री कपमा आसिफको दोहोरो शतक

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल एपिएफ क्लबका आसिफ सेखले सोमबार प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोहोरो शतकीय इनिङ्सको कीर्तिमान राखेका छन् । सेखकै दोहोरो शतकको सहयोगमा एपिएफले मधेशविरुद्ध कीर्तिमानी योगफल खडा गर्यो । वीगरन्जमा एपिएफले पाँच विकेट गुमाएर ३९० रनको विशाल योगफल खडा गर्यो । सेखले २०८ रन बनाए । उनी प्रधानमन्त्री कपमा दोहोरो शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । रिटायर्ड हट हुनुअघि उनले १४२ बल खेलेर १५ चौका र १७ छक्का प्रहार गरे । 

सेखसँगै कप्तान रोहित पौडेल र सन्दीप जोराले अर्धशतक प्रहार गरेपछि एपिएफले प्रधानमन्त्री कपकै सर्वाधिक योगफल ३९० तयार गरेको हो । रोहितले ५५ रन र जोराले ५६ रन बनाए । मधेशले प्रत्युत्तरमा ३९१ रन लक्ष्य पछ्याउँदा ५० ओभरमा आठ विकेट गुमाएर ३१६ रन बनाउँदा एपिएफ ७४ रनले विजयी भयो । 

विनोद दोहोरो शतकबाट चुके 
प्रधानमन्त्री कपमा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले कोशी प्रदेशविरूद्ध दोहोरो शतकीय इनिङ्स खेल्न चुकेका छन् । विनोदले १८९ रनको योगदान दिँदा आर्मीले कोशीविरुद्ध ८ विकेट गुमाएर ३६२ रन बनायो । प्रत्युत्तरमा कोशीले ३६ ओभरमा सबै विकेट गुमाएर १७७ रन जोड्यो । प्रतिस्पर्धामा विनोदले १५० बलमा २१ चौका र पाँच छक्का प्रहार गरे । उनले विकेटकिपिङ क्रममा दुई क्याचसमेत लिए । विनोद दोहोरो शतकीय इनिङ्स खेल्न ११ रनले चुकेका हुन् । विनोदको चालू संस्करणमा दोस्रो शतक प्रहार गरेका हुन् । आर्मीले बनाएको ३६२ रन प्रधानमन्त्री कपको दोस्रो सर्वाधिक रन हो । 

See More On

सुझावित समाचार