नेपाल र हङकङबिचको खेल स्थगित, राखेपले रंगशाला नदिएको आरोप

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

नेपाल र हङकङबिचको खेल स्थगित भएको छ। अखिल नेपाल  फुटबल संघ (एन्फा)ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता नहुने जानकारी गराएको छ।

१२ चैतमा नेपाल र हङकङबिचको खेल दशरथ रंगशालामा हुने तय थियो। तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दशरथ रंगशाला नदिएपछि खेल स्थगित भएकाे एन्फाले बताएकाे छ। पछिल्लो समय एन्फा र राखेपबिच मनमुटाव बढ्दा खेल स्थगित भएको बुझिएको छ।

राखेपले बारम्बार एन्फालाई १३ चैतको निर्वाचन रोक्न निर्देशन दिएको छ। तर, एन्फाले राखेपको निर्देशन अटेरी गरेपछि राखेपले रंगशाला नदिएको हो।

सुझावित समाचार