चार्टर्ड विमानबाट फर्किँदै इंग्ल्यान्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाका खेलाडी

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

इंग्ल्यान्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाका खेलाडी तथा अफिसियल चार्टर्ड विमानबाट स्वदेश फर्किने भएका छन् । एक सातादेखि भारतमा अड्किएका टिमहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले उपलब्ध गराएको चार्टर्ड विमानबाट घर फर्किने पक्का भएको हो । मध्यपूर्वी एसियामा चलिरहेको द्वन्द्वका बिच सबै टिम भारतमै अड्किएका थिए । 

वेस्ट इन्डिज सुपर एटबाटै बाहिर भए पनि पछिल्लो सातादेखि नै भारतमै रहेको थियो । इंग्ल्यान्ड र दक्षिण अफ्रिका पनि सेमिफाइनलबाट बाहिरिएपछि घर जान पाएका थिएनन् । इंग्ल्यान्ड मुम्बईबाट घर फर्किनेछ । उसले सिधै लन्डनको उडान भरेको छ । वेस्ट इन्डिज र दक्षिण अफ्रिका कोलकाताबाट स्वदेश फर्किनेछन् । वेस्ट इन्डिज र दक्षिण अफ्रिका जोहान्सबर्ग सिधै उड्नेछन् । त्यहाँबाट वेस्ट इन्डिज टिम एंटिगा जानेछ । तीनै टिमलाई स्वदेश फर्काउने टुंगो लागे पनि आइतबार मात्रै उडान भर्ने बताइएको छ । 

यद्यपि, दक्षिण अफ्रिकाका केशव महाराज, जेसन स्मिथ र जर्ज लिन्डे तथा केही अफिसियल आइतबार न्युजिल्यान्ड जानेछन् । विश्वकपबाट बाहिर भएसँगै दक्षिण अफ्रिका र वेस्ट इन्डिज कोलकातामा रोकिएका छन् । दक्षिण अफ्रिका ४ मार्चमा न्युजिल्यान्डसँग पराजित भएको थियो । १ मार्चमा भारतले वेस्ट इन्डिजलाई हराएको थियो । 

शनिबार वेस्ट इन्डिजका प्रशिक्षक ड्यारेन सामीले एक्समा छैटौँ दिन लेखेका थिए । उनले भारतमा रोकिएको छैटौँ दिन जनाएका थिए । टिम ६ दिन भारतमा बसिसकेको छ । केही खेलाडी भने ४ मार्चमै टिमबाट अलग भइसकेका छन् । यसअघि सामीले नै टिमका खेलाडीको उद्धार गर्न आग्रह गरेका थिए । 

See More On

सुझावित समाचार