चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने झन्डै १४ हजार मतले अगाडि छन्।
लामिछानेले १९ हजार ६८४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले पाँच हजार ८१० मत पाएकी छिन्। यस्तै नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले चार हजार ८५६ मत प्राप्त गर्दा नेकपाका प्रताप गुरुङले दुई हजार ६७८ मत ल्याएका छन्।
हालसम्मको मत परिणामअनुसार लामिछानेले प्रतिस्पर्धी उम्मेदवारहरूभन्दा फराकिलो मतान्तर कायम गरेका छन्। चितवन २ मा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।