शनिबारदेखि टी–२० विश्वकप सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिनमै तीनवटा खेल राखिएको छ।
श्रीलंकामा हुने पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै छन्।
दोस्रो खेल भारतको कोलकात्तामा वेस्ट इन्डिज र स्कटल्यान्डबिच हुनेछ। त्यस्तै, तेस्रो खेल आयोजक भारत र अमेरिकाबिच मुम्बईको वानखेडेमा हुनेछ।
भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वपमा २० टिम सहभागी हुँदै छन्। भारतसँगको कूटनीतिक तनावका कारण बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा विश्वकप नखेल्ने निर्णय गरेको छ। जसकारण बंगलादेशको स्थानमा स्कटल्यान्डलाई मौका दिइएको छ।
२० टिमलाई चार समूहमा विभाजन गरी प्रतिस्पर्धा गर्न लागिएको छ। नेपाल समूह ‘सी’मा छ। यो समूहमा नेपालसहित इंग्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र स्कटल्यान्ड छन्। नेपालको पहिलो खेल आइतबार इंग्ल्यान्डसँग वानखेडेमा राखिएको छ।