माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस : थापाले गरे सुखद् सुरुवात

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण

कमल थापाले पोखरामा जारी २२औँ संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता ०८२ मा सुखद् सुरुवात गरेका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न ६५ वर्षमाथिको डबल्सतर्फको प्रतिस्पर्धामा जित हात पार्दै थापाले सुखद् सुरुवात गरेका हुन् । खेलमा थापा र छ्याम्बा ढुन्डुपको जोडीले सुदिप्ता चक्रवर्ती र प्रदीप मुखर्जीको जोडीलाई ४–०, ४–१ को सेटमा पराजित गरेका थिए ।

प्रतियोगिताअन्तर्गत सम्पन्न ५५ वर्षमाथिको मेन्स सिंगल्समा जितेन्द्र प्रधानले उत्तम बोगटीलाई, महेन्द्र थापाले जितेन्द्र खड्कालाई, राजकुमार गुरुङले हर्कबहादुर गुरुङलाई, जीवन घिमिरेले करिमुल्ला मुस्लिमलाई, उत्तमकुमार लामाले समीर शेरचनलाई, अनु जोनले सुनिल गुरुङलाई, बिमल के गुरुङले संजय झालाई, बिदुर बिष्टले धीरबहादुर गुरुङलाई पराजित गदै अघिल्लो चरणको यात्रा तय गरे ।

४५ वर्षमाथि मेन्स डबल्समा नविन चालिसे र निरज थापाको जोडीले गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको जोडीलाई, रोहित सुनुवार र जोली तार्गेनको जोडीले भिष्मराज पौडेल र लोक गुरुङको जोडीलाई पराजित गरे । ४५ वर्षमाथि सिंगल्सतर्फ अमित गुरुङले रामबहादुर बिकलाई, कमल भण्डारीले भीष्मराज पौडेललाई, सन्दुक के. लामाले प्रकाश बस्नेतलाई, केबी लामाले जिनमान किमलाई, देव क्षेत्रीले शरण गुरुङलाई, निरज थापाले मनोज कुमार श्रेष्ठलाई, रोहित सुनुवारले आशिष सिग्देललाई, सेजार गुरुङले राज गुरुङलाई र अमित गुरुङले हेमराज ढकाललाई पराजित गदै अघिल्लो चरणको यात्रा बनाएका थिए ।

३५ वर्षमाथि सिंगल्सतर्फ सञ्जय प्रसाद श्रेष्ठले लक्ष्मण तामाङलाई, विकास खड्काले नवराज शर्मालाई, पेमा नोर्बुले श्रीजन सिंहलाई, दावा शेर्पाले माधवसिंह बिष्टलाइ, सोम राणाले सबिन श्रेष्ठलाई, सुजन श्रेष्ठले निरज रेग्मीलाई, सन्तोष खत्रीले भीमबहादुर मगरलाई र अनिल शाहीले गगन महर्जनलाई पराजित गरेका थिए ।

१५ पुससम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगितामा मेन्स तथा वुमेन्सतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्ष माथी गरी १२ विद्यामा एक सय ६८ जना खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेको आयोजक संघका सचिव एवं प्रतियोगिता संयोजक विश्वराज पौडेलले जानकारी दिए । 

सुझावित समाचार