रमेश लेखकलाई बयानमा जान कांग्रेस नेताहरूको सुझाव
नेपाली कांग्रेसका नेताहरूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जेन–जी आन्दोलन सम्बन्धित जाँचबुझ आयोगमा बयानका लागि उपस्थित हुन सुझाव दिएका छन्। केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बुधबार बोल्ने नेताहरूले लेखकलाई बयानका लागि आयोगमा उपस्थित हुन सुझाव दिएका बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
नेपाल ट्रस्टको जग्गा लिज प्रकरणः तत्कालीन सचिवलाई ६ लाख, सहसचिवलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश
नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पक्राउ परेका तत्कालीन सचिव र सहसचिवलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । तत्कालीन सचिव अर्जुनबहादुर कार्कीसँग ६ लाख र सहसचिव लेखबहादुर कार्कीसँग १० लाख रुपैयाँ धरौटी माग भएको छ ।
नयाँ नेतृत्वले मात्र कांग्रेसको लागि चुनाव हाँक्न सक्छ : गगन थापा
कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको नयाँ नेतृत्वले मात्रै पार्टीलाई चुनावमा लैजान सक्ने बताएका छन्।बुधबार सानेपामा कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले नयाँ नेतृत्वसहित चुनावमा जान पार्टी सभापतिले नै पहल लिनुपर्ने प्रस्ट पारे।
प्रधानमन्त्री कार्यालयले भन्यो– कानुनले निर्णय गर्ने अधिकारी तोकेको विषयमा मन्त्रिपरिषदमा प्रस्ताव नपठाउनू
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रालयहरूलाई मन्त्रिपरिषद्बाट निर्णय गर्ने गरी जथाभावी प्रस्ताव नपठाउन भनेको छ। सोमबार मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले मन्त्रालयहरूलाई मन्त्रिपरिषदमा जथाभावी प्रस्ताव ल्याउने कार्य रोक्नेसम्बन्धी निर्णय गरेको हो।
६ राजनीतिक दलको दर्ता खारेजी
निर्वाचन आयोगले ६ दलको दर्ता खारेज गरेको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५४ (४)बमोजिम जरिवाना नबुझाउने ६ राजनीतिक दलहरूको दर्ता ऐनको दफा १२ बमोजिम खारेज गरिएको प्रवक्ता नारायण भट्टराईले बताए।
आँखामा लेन्स प्रयोग गरी भारतीय धनाढ्यलाई क्यासिनोमा लुट(भिडियोसहित)
धनाढ्य भारतीयलाई काठमाडौंका क्यासिनोमा जुवा खेल्न ल्याएर म्याग्नेटिक कार्ड प्रयोग गरी ठगी गर्ने सात जनाको समूह पक्राउ परेको छ । तासमा म्याग्नेटिक प्रविधि जडान गरी आँखामा लेन्समार्फत सजिलै पहिचान गर्ने गरी उनीहरूले ठगी गरेका हुन्।
राष्ट्रिय सभा निर्वाचनमा २०४३ मतदाता
राष्ट्रिय सभाको निर्वाचनका लागि २ हजार ४३ मतदाता कायम गरिएको छ। राष्ट्रिय सभाका १८ सिटका लागि ११ माघमा चुनाव हुँदै छ। फागुन २० मा रिक्त हुने १९ मध्ये एक सिट राष्ट्रपतिले मनोनित गर्नेछन्। निर्वाचन आयोगले बुधबार निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको हो।
बर्दियामा बाघ गणना सुरु
बर्दियामा बाघ गणना सुरू भएको छ । निकुञ्जभित्र क्यामरा जडान गरेसँगै बाघ गणना सुरू भएको हो । वन तथा वातावरण मन्त्रालयका सचिवसहितको टोलीले बर्दिया राष्ट्रिय निकुञ्जभित्र क्यामरा जडान गरेर बाघ गणना थालेको हो । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले बाघ गणना गर्न क्यामरा ट्रापिङ प्रविधि प्रयोग गरिने जानकारी दिए ।
राप्रपा र राप्रपा नेपालबिच एकता, लिङ्देन र थापाले गरे हस्ताक्षर
राप्रपा र राप्रपा नेपालबिच पार्टी एकता भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबिच एकतासम्बन्धी हस्ताक्षर भएको छ। राप्रपा कार्यालय धुम्बाराहीमा हस्ताक्षर भएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
काठमाडौं उपत्यकामा क्रिसमस इभको चहलपहल, मलहरूमा भिडभाड
काठमाडौं उपत्यकामा क्रिसमस इभको अवसरमा उत्साह र रौनक बढेको छ । क्रिसमसलाई लक्षित गर्दै उपत्यकाका विभिन्न व्यापारिक केन्द्र, मल, होटेल, रेस्टुरेन्ट तथा सार्वजनिक स्थानहरू आकर्षक सजावटले झकिझकाउ बनाइएका छन् । रंगीन बत्ती, क्रिसमस ट्री, सान्ता क्लजका प्रतिमा र सांगीतिक माहोलले उपत्यकालाई चाडपर्वमय बनाएको छ।